क्षितिज पारिको प्रेम

लगातार तिन दिन देखि परेको पानिले ओछयान भित्र बस्दा पनि जाडो भइ रहेको थियो । अरू दिन पनि ढिलो उठने मान्छे म झन आज भोलि त कलेज पनि थिएन किन छिटो उठनु भनेर सुतिरहे।एकछिन सुत्न खोज्दै थिए बिनोदको फोन आयो । अल्छि मानि मानि फोन उठाउदै भने "के भयो भन त । " उसले "छिटो हातमुख धोएर तयार हो आज कलेजमा इन्ट्रास दिन जादैनस" भन्दै फोन राख्यो । म हतार हतार फ्रेस भइ कलेज तिर जान रेडि भएर चोक तिर आए ।चोक आएर यता उता नजर डुलाउन थाले । अचानक मेरो नजर अति नै राम्रि केटी माथि मेरो नजर पर्यो । लामो केश,मृगका जस्ता नयन,गोलो पुर्णिमाको चन्द्रमा जस्तो मुहार थियो उनको । त्यत्तिकैमा बिनोद आइपुग्यो ।उसले जाउ भन्यो तर पनि मलाई जानै मन थिएन ।अझै पनि त्यही मृगनियनिलाई हेरिरहन मन लाग्यो ।तर अफसोष उ त्यहाँ बाट बस चढेर कतै गइसकेकि थिई । मन खिन्न बनाउदै बिनोद र म कलेज तिर लाग्यौ । त्यहाँ पुगेको आधि घण्टा पछि इन्ट्रान्स सुरु भयो । कक्षामा पुगेर आफ्नो आफ्नो ठाउँमा बसेको मात्र के थिए मनमा ठुलो भुइचालो गयो । त्यो मृगनयनि जसलाई मैले चोकमा देखेको थिए त्यसलाई नै मेरो बेन्चमा बस्न आएको देखे । मेरो मन भित्र भित्रै खुसि भयो । इन्ट्रान्स सुरु भयो आए जति गरे ।यसो चिहाएर हेरेको उनको उनको उनको नाउँ बिनिता शर्मा रहेछ । मन मनै कण्ठ पारे उनको नाउ ।इन्ट्रान्स सकिएपछि घर फर्किए बिनोद कै बाइकमा । घर आएर कामै गर्न मन लागेन । ज्यान यहाँ भए पनि मन उतै छोडेर आए जस्तो लाग्यो ।के गरौ कसो गरौ भयो मनमा । तर पनि मन नलागि नलागि काम गरे ।फेशबुकमा उनको नाँउ हालेर सर्च गरे मान्छे त भेटे तर अफसोष फ्रेन्ड रिक्वेष्ठ पठाउन नमिल्ने बनाएकी रहिछिन उनले ।मेसेज गर्ने आँट आएन । त्यत्तिकै मनमा उनको आकृति सजाउदै बसिरहे ।केवल उनलाई सम्झिदै बसिरहे ।। तिन दिन पछि रिजल्ट पनि आयो । राम्रै भएको थियो । नोटिष बोडमा आफ्नो भन्दा पहिला उसको नाउ हेर्न पुगेछु । त्यही दिन बाट कक्षा पनि सुरु भयो । पहिलो दिन त्यत्ति पढाइ त भएन तर परिचय साटासाट राम्ररि भयो । म भने कक्षा पुग्न साथ बिनिता लाई खोज्न थाले ।कोहि संग नबोलि बसेको देख्दा लाग्यो कसैलाई चिनेकै छैन उसले ।उसको नजिकै गएर बोल्न त मन थियो तर आँट आएन ।सायद अरू भएको भए बोल्न सक्थे होला मनपराएको मान्छे भएकाले अलि नर्भस भएको थिए म । बस म एकोहोरो भएर उसलाई हेरिरहेको थिए ।आहा त्यो रुप,, ति नयन,, खै कसरि बयान गरू म उनको । त्यसै त्यसै म फिदा भएको थिए ।उनलाई मैले हेरेको चाल पाइछिन क्यार उ घोसे मुन्टो लगाएर हास्तै थिईन । मलाई अप्ठयारो लागो ।म अन्तै हेर्न थाले । लगातार कलेज लाग्न थाल्यो । तर केही प्रगति भएको थिएन ।भएको थियो त केबल उनलाई दिलमा सजाउने काम । प्रतिक्षाको फल मिठो हुन्छ भनेको सुन्थे त्यसैले पनि मैले उ संग बोल्न हतार गरिन । हरेक दिन कलेज जाने क्रम चलि रहयो । एकदिन कलेज बाट घर फर्किदा उसलाई म चढेको गाडिमा चढेको देखे ।म बसेको ठाउँमा अर्को सिट खालि थियो । उसले सोधि "यहाँ बस्दा हुन्छ ।" मैले पनि "हुन्छ" भने । उ "थ्याङ्स" भन्दै त्यहा बसि । गाडि आफ्नै रफ्तारले चल्न थाल्यो ।तर गाडि भन्दा छिटो मुटुको घडकन बढ्यो ।मन पराएको मान्छे आफ्नो नजिक हुदाँ कसलाई डर हुन्न र । बोल्न त मन थियो तर के बोल्नु के बोल्नु भयो । मैले बोल्न खोज्दा अचानक उसले सोधि "तपाई हाम्रै कलेज पढ्नु हुन्छ होइन ??" मैले भने "हो त ।तिम्रै कलेज तिम्रै कक्षा ।" उ हलुका मुस्कुराउदै भनि "म बिनिता ।" "म प्रिन्स, तिम्रो नाउँ त पहिल्यै थाहा थियो "खै कता बाट त्यो पनि भनेछु । उसले निधार खुम्च्याउदै भनि "कसरि ??" मैले भने "इन्ट्रान्स मा संगै परेकि थियो एउटै बेन्चमा ।तिम्रो कापिमा चिहाएर हेरेको थिए तिम्रो नाउ ।" त्यत्तिकै मा हामि ओर्लने ठाउँ पनि आइपुग्यो । "म त यहिँ सम्म हो "भन्दै तल झरि गाडिबाट उ । म पनि ओर्लदै भने "मेरो पनि यहीँ हो ओर्लने ठाउँ त तर अब छुट्टिनु पर्छ ।" उ मन्द मुस्कान छोडदै "बाई" भनेर आफ्नो बाटो लागिन । म पनि सरासर कोठा तिर लागे । मनमा उसको मिठो मुस्कान सम्झिदै । मनमा केवल उनलाई सजाउदै ।
आफूले जे सोच्यो त्यो पाउँदा हरेक मानिस खुसि नै हुन्छ ।यो उसको स्वभाव नै हो । भोलि पल्ट बिहानै फेसबुक खोले ।एउटा फ्रेन्ड रिक्वेट आएको रहेछ बिनिता को ।मैले त उसलाई मन पराएको थिए र उ प्रति चासो गर्थे तर उसले पनि म प्रति ध्यान दिएको जस्तो लागेको थिएन ।हतार हतार एसेप्ट गरेँ ।एक छिन मै च्याट माहरियो बत्ति बल्यो ।मेसेज उसैको थियो । लेखिएको थियो "गुड मर्निङ ।के छ ?" मैले भने "मर्निङ ।ठिक छ ।तिम्रो नि ?" एक छिन मा मेसेज आयो "मेरो पनि ठिक छ । छिटो आउछु कलेज जान म कुरिरहन्छु ।" मैले भने "हस तर अब देखि तिमी भन तपाँई होईन ।" रिप्लाई आयो "ओको ।" त्यस दिन निकै खुसि भए म उसले पनि म प्रति चासो देखाएको थाहा पाएर । पछि दैनिक कलेज जाने आउने देखि अरू समयमा पनि हामि संगै हुन्थ्यौ । म त उसलाई मन पराउथे तर उसको मनमा के कुरा थियो त्यो भने जान्न बाकि थियो । उ संग बिताएका पलहरू एकदम प्यारो लाग्थ्यो । तर खै उ संगको मित्रता तोडिने डरले मैले आफ्नोमनको कुराहरू मनमै राखे गुम्स्याएर । समय न हो आफ्नै रफ्तार ले चल्दै थियो । अनि हामि समय संग । प्रत्येक दिन कलेजमा हामिलाई संगै देखेकोले कसैले राम्रो कसैले नराम्रो कुरा साटन थालेका थिए ।म त केटा मान्छे त्यस्तो गाह्रो थिएन तर उसलाई यस्तो कुराले डिस्टब गर्न सक्थ्यो । एक दिन बिनोद र म क्यानटिनमा बसेको बेला हाम्रै कक्षाका दुई तिन जना नामुद फटाहाहरू हामि भएको ठाउमा आए । तिनहरू मध्ये को एउटाले भन्यो "ओइ केटा के हो आज भोलि बिनिता संग निकै उठबस चलिराछ नि ।" मैले भने "त्यस्तो होइन उ त एउटा साथि मात्र हो ।" त्यसले फेरी भन्यो "के हो एक्लै मोज गर्ने बिचार छ ।हाम्रो चान्स आउदैन ।" उसको कुरा सुनेर मलाई एक दम रिस उठयो । रिसको झोकमा हात हाल्न पुगेछु । बिनेदले छुट्टाएर लग्यो मलाई त्यहाँबाट । टाउको मा सानो चोट लागेछ । खै कसले हो कुन्नि बिनितालाई पनि यो कुरा उस्कै कारणले झगडा भएको भनेर सुनाइ दिएछ । उसले सोधि "के भयो प्रिन्स ?टाउको मा के को चोट हो ?" मैले कुरा लुकाउदै भने "केही होइन ।चिप्लेर लडेर लागेको चोट हो ।" उसले अलि झर्किदै भनि "झुट नबोल ।साचो कुरा के हो खुरुक्क भन ।" मैले सानो बच्चाले जस्तै गरि उसलाई सारा कुरा सुनाउदैँ भने "कसैले तिमीलाई नराम्रो भनेको सुन्न सक्दिन म बिनिता ।" मैले यति भनि नसक्दै उसले मलाई आफ्नो न्यानो अंगालोमा कसि ।हाय त्यो क्षण ।क्या अविस्मरणिय थियो ।उनको अंगालोमा बाधिन पाउदा त्यो टाउको लागेको चोटको पिडा पनि कता भाग्यो कता ।
कुनै राम्रो फुल देखे पछि त्यसलाई चुढन त सबैले खोज्छन तर जसले त्यो फुललाई माया गरेको हुन्छ उसले त्यसलाई राम्रो मलजल गरि फर्किन दिन्छ ।मेरो मनमा बिनिता प्रति टुसाएको प्रेममा कोपिला लाग्न थालिसकेको थियो ।तर त्यो प्रेम मैले उसलाई ब्यक्त गर्न सकेको थिईन ।तर कतिन्जेल नभन्ने ।मनको कुरालाई मनमै गुम्साएर राख्नु पनि राम्रो थिएन ।आखिर एक न एक दिन त उसलाई अवस्य थाहा हुन्यो यो कुरा । उ संग नियमित हुने मेरो भेट,घण्टौ हुने कुराकानि.मैले उ प्रति देखाएको चासो बाट पनि उसलाई म मनपराउछु भन्ने कुराको अडकल लगाइसकेकी हुनु पर्थ्यो उसले ।सायद उ पनि मलाई माया गर्थि ।त्यसैले त मेरो हरेल क्रिया कलापमा उ चासो राख्यो ।एक पटक म बिरामी भएर दुई दिन देखि कलेज गएको थिईन ।अर्को दिन बिनोदले बिनितालाई म बिरामी भएको कुरा सुनाएछ ।उ बेलुका पख मलाई हेर्न मेरै कोठा आएकि थिई । म पुर्ण रुपले निको नहुन्जेल उ मलाई हेर्न आइ रहि ।त्यस बाट पनि म बिस्वस्त थिए कि उसलाई यदि मैले प्रेम प्रस्ताव राखे भने उसले अवस्य स्विकार्नेछे । त्यस बर्षको अन्तिम तिर कलेजमा एउटा फेयर वेल कार्यक्रम हुने भयो ।मैले पनि उसलाई प्रस्ताव राख्ने मौका यहिँ ठाने ।तर मनको कुनामा डर पनि थियो कतै उसले मलाई एसेप्ट गरिन भने के गर्ने ।जति धेरै सोच्यो त्यत्ति नै त्रास उत्तपन्न हुदो रहेछ मनमा । फेयर वेलको दिन बिहानै कलेज पुगें म ।एक दिन यता उता डुले पछि बिनितालाई खोज्न थाले । उ आएकै रैनछे । एक छिन पछि उ आइ दुई तिन जना साथि संग । उसलाई मैले बोलाएर एउटा खालि कोठामा लगेर भने "बिनिता तिमी रिसाउदिनौ भने एउटा कुरा भन्छु है ??" उसले भनि "भन न ।तिमी संग पनि म रिसाउछु होला र !" मैले भने "बिनिता म तिमीलाई प्रेम गर्छु । जिवनैत हरेक सुख दुख तिमी संग बाडन चाहान्छु ।मेरो खुसि तिमीलाई दिन र तिम्रो म लिन चाहन्छु ।हो बिनिता म तिमीलाई प्रेम गर्छु ।" मैले डराउदै भने ।मुटुको धडकन तेज भयो । उसले मुस्कुराउदै भनि "उफ यो कुरा पनि भन्नु पर्छ र ।मेरो केयर गर्छौ ।मेरो लागि झगडा गर्छौ ।यस्तो सब हुदाँ पनि तिमीले मलाई माया गर्छौ भनि नथाहा पाउने म तिमी जस्तै उल्लु होर ।" मैले उसले भनेको घुमौरे कुरा बुझिन त्यसैले फेरि सोधे "त्यस्तो मतलब तिमी पनि मलाई माया गर्छौ ।" उसले हास्तै भनि "हो त लम्फु ।आइ लब यु टु ।" यति भनेर त मुस्कुराउदै आफ्ना साथि भए तिर गइ । यता म भने के गरौ र कसो गरौ भएको थिए । कसम कोठामा एक्लै भएको भए उर्फिदै नाच्थे ।सारा संसार जिते जस्तो लाग्यो । अनि मनमा एउटै गित गुन्जिरहयो "बसमा छैन यो मन बसमा छैन यो मन" जब मान्छे धेरै खुसि हुन्छ तब त्यो खुसि ब्यक्त गर्ने सब्द पनि पाइदैन रहे ।ठिक त्यस्तै भएको थियो मलाई । हाम्रो भेटघाट र कुराकारि पहिले भन्दा धेरै बाक्लिएको थियो ।संधै तसो हामि घण्टौ बिजि हुन्थ्यौ फोनमा अनि च्याटमा । सानो सानो गल्तीमा पनि उ रिसाए जस्तो गर्थि । अनि म झन उसलाई सताउदै भन्थे "तिमी त सानो सानो कुरामा पनि रिसाउ छौ । तिमीलाई मेरो माया नै लाग्दैन ।" "त्यै माया नलाग्ने भए तिमी संग बोल्थे होला र ।" "अनि किन रिसाको त ।""म चाहि हाम्रो सपनाको संसार सजाउने कुरा गर्छु ।तिमी चाहि जोक मात्र गर्छौ ।" "तिमीले सोच्नै पर्दैन ।मैले सोचिसके ।" "भन न त के के सोच्यौ " म: "तिमी र म अनि हाम्रो सानो घर ।" "अनि" "म अनि तिम्रो मेरो माया र ख्याल ठट्टा ।" "अनि ।म अनि हाम्रो छोरा छोरि ।""पागल ।" "तिम्रै मायाले त बनाएको हो नि ।" उ मलाई हास्तै अंगाल्थि । रिस पनि माया मा फेरिएको पत्तै हुदैन थियो। मेरो जन्म दिन थियो ।बेलुका कोठामा सानो पार्टी दिने भनेर बिनिता बिनोद र अरू दुई चार जना मिल्ने साथिलाई बोलाए ।सबै आए । सबै जना मिलेर राम्ररि सेलिब्रेट गर्यौ ।एक छिन पछि सबै छुट्टिने भन्दै घर जान थाले । मैले बिनीता लाई भने "आज यतै बस न हुन्न र ।" उसले भनि "पहिला बेहुलि बनाउ अनि बसौला नि ।" एक छिन सबै जना हास्यौ ।बितितालाई घर सम्म पुर्याउन बिनोदलाई अर्हाए ।उनिहरु गए पछि म पनि धेरै सुते अनि भुसुकै निदाए । भोलि पल्ट सधै जसो कलेज गए ।राति पनि परेको ले बाटो हिलो थियो ।कलेज पुग्न साथ बिनीता लाई खोज्न थाले तर भेटिन ।एकछिन मा कसैले सुनायो हिजो राति घर फर्किदा बिनोद र बिनीता भएको बाईक बाटोमा चिप्लेर उनिहरुको घटना स्थल मै मृत्यु भयो भनेर ।यो कुरा सुनेर म बेहोस भए म । होस आउदाँ अस्पतालमा थिए ।नजिकै बस्ने साथिलाई सोधे के यो सत्य हो ।उसले मुहार उदास बनाउदै हो भन्यो ।त्यो सुन्न साथ बेस्सरि मन दुख्न थाल्यो ।धेरै पिडा भए पछि रुन पनि सकिदैन रहेछ ।मन मनै रोए । नियतिलाई दोष दिदै रोए ।भर्खर कोपिला लागेको मेरो प्रेमको फुल फर्किन नपाई चुढयो ।एकै चोटी म बाट आफूलाई भन्दा माया गर्ने प्रेमिका र मेरो लागि ज्यान दिने साथि दुवै खोस्यो दैवले ।त्यसैले त रोइरहे र आज पनि रोइरहेछु । कहिले काहि त लाग्छ बिनीता कतै टाढा धुम्न गएकी छे । मलाई लान नमिल्ने ठाउँमा ।मनमा एउटा आश बोकेर बाचीरहेछु एक दिन उ फर्केर आउने छे अनि मलाई फेरि अंगाल्ने छे ।
#समाप्त

Via - Ami Prince

Comments

Popular posts from this blog

iPill - A Story

The 9 Exact Things Women Want Men To Do In Bed

When She Reject Proposal