मेरो छोराको बाबू हो तर मेरो पति होइन

यो कथा उसको र मेरो हो।उ जो मेरो छोराको बाबू हो तर मेरो पति होइन। जो मेरो मन-मन्दिरको राजकुमार हो तर सिउदोको सौभाग्य होइन। उ उहीँ हो जस्लाइ म प्रेम गर्थे अझै पनि गर्छु। तर पाउन चाहिन र कहिल्यै पाइन पनि।
एक साझ म खाटमा पल्टिएर कविता लेख्न सोच्दै थिएँ।त्यो साँझ सधै भन्दा अँध्यारो थियो।आकाशमा कालो बादले डेरा जमाएको थियो।टाढा कतै नारायण गोपालको स्वर गुन्जिरहेको थियो “केही मिठी बात गर… रात तेसै ढल्किदै छ……।”
त्यो साँझ मैले कविता लेख्नै सकिन। खालि ठुलै काव्य बन्लाजस्तो गरि उसङ्ग बिताएका पलहरु स्मरणमा तैरिइरहे।शब्दमा उत्रीनै मानेनन्।तेसै साँझ मलाइ लाग्यो मलाइ प्रेम भयो।
उसङ्ग हुने हरेक कुरा मलाइ खास लाग्थ्यो।मलाइ उसको शरीरबाट आउने बास्ना मिठो लाग्थ्यो।उस्को हेराइ यति कामुक लाग्थ्यो कि मलाइ उस्का आँखा दुबै हातले कोपरेर निकालुँ र मनभरी हुन्जेल खेलुँ जस्तो लाग्थ्यो।उस्को पातलो शरिरको हरेक मासंपेसीलाई टोक्न चिमोट्न र चिथोर्न मन लाग्थ्यो।उस्को रात्तनलिमा प्वाल पारेर नशानशामा छिर्न मन लाग्थ्यो। साँच्चै मलाइ सिङ्गो उस्लाइ सानो बच्चालाइ जस्तो च्यापेर शरिरभरी टाँस्न मन लाग्थ्यो।
एकदिन हामी सिनेमा हेर्न गयौँ।सिनेमा हलभित्रको अँध्यारोमा मलाइ उस्लाइ छुन मन लाग्यो।मैले नजानिँदो गरि आफ्नो दायाँ हात उस्को बायँ हातमाथी राखेँ।ठिक तेसै गरि जसरी पुरानो हिन्दी सिनेमामा हिरो अथवा हिरोइनले झुक्किएर आफ्नो प्रेमी/प्रेमिकाको हातमा हात राख्न पुग्छ।
तेस्तै अर्को दिन हामी पशुपति गयौ। बागमती थोरै दुर्गन्ध र सानो आवाज छर्दै अगाडि बढ्दै थियो। हामी मृगस्थली पुग्यौ र एउटा रुखको फेदमा बस्यौँ।

हामी एकाअर्काको अनुहारमा अनुहार फर्काएर कुरा गर्दै थियौ।यसो गर्दा एकार्काले फेरेको श्वास एकार्काको अनुहारमा ठोकिन्थ्यो।उसको श्वास अनुहारमा ठोकिँदा यस्तो लाग्थ्यो यस्को पूरा असर मेरो मुटुमा पुगेको छ। मेरो मुटु जोडले ढुकढुक गर्दै थियो। मानौ उस्लाइपनि हतार छ बाहिर निस्किएर श्वास फेर्ने मान्छेको मुहार हेर्न।
उ बिस्तारै मेरा अघिल्तिर झुक्यो र आफ्नो नाकले मेरो नाक छोयो।तेस्को असरले मेरो शरिरको अत्यन्त संबेदनसिल अंगमा चिसो महसुस गरायो। उसले झट्ट मेरो ओठमा हेर्यो र फेरि आँखामा।अनि बिस्तारै आफ्ना बाक्ला ओठले मेरा मसिना ओठ च्याप्प च्याप्यो।सानो बच्चाले लालिपप च्यापे जस्तो गरि।
त्यसपछिका दिनमा हामिले कति चोटि एकार्कालाइ चुम्यौँ तेस्को हिसाबकिताब नै छैन। मलाइ उस्को कसिलो अङ्गालोमा बाँधिएर दिन बिताउन पाउँदा आनन्द लाग्थ्यो। हरेक साँझ म उसङ्गका प्रेमिल पल सम्झिएर मुस्कुराइरहेकी हुन्थे।

उसङ्गको साक्षतकारले मलाइ नयाँ जीवन दिएको थियो।म खुलेर हाँस्न थालेकी थिएँ।ऐना अगाडि राखेर आफुलाइ घन्टौं सजाउनु मेरो दैनिकिको हिस्सा बनिसकेको थियो।
समयको चक्रपनी कति छिट्टै घुम्छ। एउटै सार्वजनिक यातायातमा धेरै चोटि भेटिएर चिनजान भएका हामी यहाँसम्म आइपुग्दा दुई बर्ष बितिसकेछ। मैले सारा अतीत उसैलाइ हेरेर भुलाएकी थिएँ। खुशी थिएँ। जिन्दगी प्यारो लाग्न थालेको थियो। भगवान प्रती आस्था बढेको थियो। सबैथोक राम्रै चल्दै थियो।
प्रेमिप्रेमिका बिच हुने हरेक कुराको हदमा पुगिसक्दा पनि हामी एकअर्कालाई प्रेमिप्रेमिका भन्दैनथ्यौ। हुन त आधिकारिक प्रेमिप्रेमिका हुनलाइ हामिले कहिल्यै एकअर्कासङ्ग प्रेम प्रस्ताब राखेकै थिएनौं।प्रस्ताव पारित नै नभई प्रेम जो गरिसकेका थियौँ।
त्यो दिन म बगैंचामा फुल सार्दै थिएँ। करिब दस लिटरको बाल्टिनमा पानी बोकेर इनारबाट बारिमा जाँदै गर्दा मैले आँखा अगाडि कालो धब्बा देखेँ। सारा संसार घुमे जस्तो भयो। आफुलाइ सम्हालेर चिसो पानीले मुख धोएँ र कोठामा गएर पल्टिएँ।
अर्को दिन बिहानै आमा कराउन आउनु भयो -” कति सुत्न सक्छे यो केटि! यसो भान्छामा भाउजुलाइ सघाउदा नि हुन्छ नि! आफू नि ब्यानै बाहिर सरेँ। भ्याइनभ्याई छ तेस्लाइ।”
आमा बाहिर सर्नु भो! मलाइ आश्चर्य लाग्यो। आमा त म भन्द पन्ध्र दिन पछि बाहिर सर्नु पर्नी।
म अकमक्क परेर ऐना अगाडि उभिएँ। हातले पेटमा छामें।”के यहाँ साच्चै बच्चा छ! हुन पनि सक्छ।तर नहुनु पर्थ्यो। किन नहुन पर्थ्यो! म शारीरिक रुपमा आमा बन्न योग्य छुइन र! उमेरले बीस कटेकी छँदै छु।तर सामाजिक रुपमा? खोइ त मेरो पोइ! के पोइ बिना कोहि आइमाई आमा बन्न सक्दिन! श्रीमती बन्न पो श्रीमान चाहिन्छ।आमा बन्न पनि बाउ चाहिन्छ नि।” म गज्जबको अन्तरद्वन्दमा फसेँ।
मलाइ उस्को हेक्का भयो। उ जो यो बच्चाको बाउ हो।सोचेँ यो सब थाह पाएर उ कति खुशी होला। न दुखी पो हुनि हो। दुखी किन हुने! यो सब उस्को प्रेमको परिणाम हो। संकोचको झेलखानामा निसास्सिएरै मैले मोबाइलमा उस्को नम्बर डाएल गरेँ।
शनिबारको दिन; उसँङ्ग भेटेर उस्को प्रेमिल निशानी उसैलाइ देखाउनी दिन। मेरो मनको कुनै कुनामा पनि चैन थिएन। जिम्मेवारी बहन गर्ने कुरो म आफू कन्फर्म भएर पनि उस्लाइ सुनाउन सकिरहेकी थिइन। प्रेग्नेन्सी टेस्ट गरेकै दिन भन्न भनेर बारम्बार फोन गरेँ।कसरी भन्ने आँट नै आएन। “खुशिको खबर छ भेटेरै सुनाउछु।” भनेर भेट्ने चाँजोपाँजो मिलाएकी थिएँ। बास्तबमा म आफैलाइ था थिएन त्यो खुशीको खबर थियो कि दुखको।
“रात गए अग्राख पलाउँछ भन्छन्। आज नभने कैले भन्नू!” मैले हिचकिचाउदै सबैकुराको सबिस्तार लाएँ। म बोल्दै गर्दा घरीघरी उस्को अनुहार नियाल्थेँ। कतै उस्का आँखा खुशिले चम्केका पो छन् कि! म ती काला गहिरा आँखाको भाब पढ्न खोज्थेँ।
म कुरा कसरी सुरु गरुँ भनेर अल्मल्लिएका बेला उस्ले मेरो हात समातेको थियो।मलाइ डाडस दिन होला।म बोल्दै गर्दा उस्को हात खुकुलिएको महसुस भयो।उ जुरुक्क उठ्यो।उस्का आँखामा मैले खोजे जस्तो खुशी चम्केको थिएन।बरु हेराइमा अन्योल र पश्चाताप पोखिएको थियो।उस्को स्वर काँपेको थियो।

“लौ बर्बाद भयो।अब के गर्नी! कहाँ बाट पैसा ल्याएर अबोर्ट गराउने!”
म निचोरिएँ।हातबाट माटोको भाँडो खसेर फुटेजस्तै सपनाहरु टुक्राटुक्रा भए जस्तो लाग्यो। “यो हाम्रो बच्चा हो भाष्कर।हाम्रो प्रेमको निशानी।” म बेहोशिमै बोलेँ।
“तिमी मलाइ बुझ्ने कोसिस गर। म बाबाआमाको एक्लो छोरो हुँ। मेरा कति धेरै जिम्मेवारी छन्। मेरि आमाका कति सपना छन्। तिमी….. तिमी बिधवा होउ माला…..” उ अझै के-के बोल्दै थियो। मैले केइ सुनिन।

हावाले तितरबितर पारेका कपालका केश्रा संगालेर पछाडि पुर्याएँ र बाटो लागेँ।उ अझै बोल्दै थियो। मलाई सुन्न जरुरी छ जस्तो नि लागेन। फर्केर हेर्न मन पनि लागेन।खाली आँखाको बाटो भएर गालासम्म आएका आँसु पुछ्दै अगाडि बढिरहेँ।
तेसै दिन मलाइ उस्ले प्रस्ताब बिनानै प्रेम गर्नुको राज बुझे जस्तो लाग्यो। जिन्दगी दिन्छु नभन्नु; रङ्ग भर्छु नभन्नु। यी सबैको मतलब बुझे जस्तो लाग्यो। कानमा उस्कै आवाज गुन्जिरह्यो -“तिमी बिधवा होउ माला।”
म बिधवा हुँ। के उस्लाइ यो कुरा पैला थाह थिएन र! मेरो बिधवापनले किन उस्लाइ तेतिबेला फरक पारेन जति बेला उ मेरो शरिरसङ्ग मनोमानी गर्थ्यो। बिधवा हुनु मरो जिन्दगिको हकिकत हो।अनि एउटी बिधवाको मन अनि शरिरसङ्ग खेल्नु के हो! अनि जिम्मेवारी बहन गर्ने बेला मात्रै बिध्वत्वो देख्नलाइ के उ बच्चा हो! मलाइ सम्झिदै भाउन्न होला जस्तो भयो। थचक्क कतै बसुँजस्तो भयो।
मेरा आँखा अगाडी चलचित्रको पर्दामा फ्ल्यास ब्याक देखिए जस्तो गरि पुरानो रङ्गिन जिन्दगिको ब्ल्याक एन्ड ह्वाइट दृश्यहरु नाच्न थाले।
बिबाह भएको महिना दिन नपुग्दै आत्महत्या गरेर मरेको लोग्ने प्रती फेरि एकचोटि वितृष्णा  जागेर आयो। जिन्दगी भरी साथ दिन्छु भन्ने कसम खाएर ल्याएको लोग्नेले नै छोडेर गएपछी कस्को आडभरोसा हुन्छ र। दुनियाँको नजरमा पोइ टोकुवाइ भएँ। परिवारको हेलाँ खप्न नसकेर माइत बस्न पर्यो।अगाडि केइ नभने पनि पछाडि कुरा काट्ने कति हुन्थे कति। जिन्दगीको बोझ बिसाउने ठाँउ नै कहाँ हुँदो रैछ र! तार चुँडिएको गितार जस्तो जिन्दगी न बजाउन मिल्छ न फ्याँक्न मन लाग्छ।
नैरास्यको पहाडले ढाकेर पल्टिँदा कतिबेला निदाएछु पत्तै भएन।मैले त्यो रात गजबको सपना देखेँ। सपनामा मेरो भाष्करसङ्ग बिबाह भएको रहेछ। हाम्रो एउटा छोरो पनि थियो।
छोराको अनुहार ठ्याक्कै मसङ्ग मिल्थ्यो। छोरो आफ्नो बाबुको हात समातेर टुकुटुकु हिड्दै थियो। तेहिबेला कतैबाट ठूलो छाल आएर भाष्कर र छोरो दुबैलाई बगाउन थाल्यो। कोहि चिच्याएर मलाइ भन्दै थियो -“कोहि एकको हात समातेर तान।”
खुल्ला झ्यालबाट चिसोहावा भित्र छिरेको रैछ जस्ले जबर्जस्ति मेरो निन्द्रा खुलाइदियो।मैले छामछुम पारेर मोबाइल खोजेँ।र स्विच अन गरेँ। उस्को म्यासेज आएको रहेछ। खोलेर हेर्न मन लागेन। मोबाइल लगेर ट्वाइलेट पेनमा हालिदिएँ र एक बाल्टी पानी हालिदिएँ।

“किन सपना र बास्तबिकता फरक हुन्छन्। किन मान्छेलाइ पूरा नहुने रहर सजाउन प्रतिबन्ध लगाइदैन।जब जिन्दगी नै ब्ल्याक एन्ड ह्वाइट छ त दुई दिनको रङ्ग किन सजिन्छन् आँखामा।” म फेरि निदाउनै सकिन।
रात ढलेर उज्यालो हुनै लाग्दा मैले सुरुक्क कोठाको ढोका खोलेँ र बिस्तारै बाहिरिएँ। चारैतिर चुक जस्तै अन्धकार फैलिएको थियो। मैले आकाशना हेरेँ बादल भित्र लुकेका दुई-चारवटा ताराहरु मलाइ चिहाएर हेर्दै थिए। बाटोमा एउटा बडेमानको कुकुर भुक्दै थियो।सायद मलाइ सोधेको हुनुपर्छ -“कता जान्छेस् अब।”

मैले प्रतिप्रश्न गरेँ -“यो बाटो कहाँ जान्छ?”

Mandira Sapkota​

Comments

Popular posts from this blog

iPill - A Story

The 9 Exact Things Women Want Men To Do In Bed

When She Reject Proposal